श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेत २५ लाख धरौटीमा रिहा

पुर्पक्षका लागि थुनामा नराखी २५ लाख धरौटीमा छाड्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १५ गते । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालत, काठमाडौंमा आइतबार बस्नेतमाथि थुनछेक बहस सम्पन्न भएपछि इजलासले धरौटीमा रिहा गर्ने आदेश सुनाएको हो। बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो।

अदालतले उनलाई पुर्पक्षका लागि थुनामा नराखी २५ लाख धरौटीमा छाड्ने निर्णय गरेको हो। यो मुद्दामा उनीमाथि गैरकानुनी लाभ लिएको, सार्वजनिक पदको दुरुपयोग गरेको लगायत आरोपहरू लागेका छन्।

बस्नेत नेपाली कांग्रेसका केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य हुन्। उनी पूर्वसञ्चारमन्त्रीसमेत रहिसकेका छन्। अदालतको यो आदेशपछि उनी धरौटी तिरेर रिहा हुनेछन्।

अख्तियारले उनीसहित अन्य केही व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको जनाएको छ। अदालतको आदेशसँगै यो मुद्दा सार्वजनिक चासोको विषय बनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार