काठमाण्डौंः प्रहरीले एक थान कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीका २९ वर्षीय सुरेशकुमार राम र सोही ठाउँका २६ वर्षीय दिनेशकुमार राम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
उनले भने, ‘आज दिउँसो काठमाडौँ महानगरपालिका–८ तिलगङ्गामा हतियार लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया