असार २०, २०८२ शुक्रबार July 4, 2025

वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वाग्मती। सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ ।

प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ ।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रदेश सरकारले आगामी आवका निम्ति रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत प्रस्ताव गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार