असार २०, २०८२ शुक्रबार July 4, 2025

अमेरिकासँग व्यापार सम्झौताका लागि तयार छाैं : ईयू प्रमुख

सम्झौताका लागि जुलाई ९ तारिखसम्मको समयसीमा भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) अमेरिकासँग चलिरहेको कर विवाद समाधानका लागि सम्झौताका लागि तयार’ रहेको बताएकी छन् ।

उनले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि वार्ताका लागि तयारी गरिरहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

भोन डेर लेयेनले आरहुसको भ्रमणका क्रममा यस्तो बताएकी हुन् । सम्झौताका लागि जुलाई ९ तारिखसम्मको समयसीमा रहेको भन्दै उहाँले ईयू र अमेरिकाबीचको व्यापार १ दशमलव ५ ट्रिलियन युरो रहेको बताइन् ।

उनले वार्ता असफल भएमा ईयूले प्रतिशोधात्मक कदम चाल्न नहिचकिचाउने पनि चेतावनी दिएकी छन् । तर आफूहरुले वार्ताबाट समाधान चाहेकोमा उनको जोड छ ।

अहिले अमेरिकाले ईयूका कार र अटो पाट्र्समा २५ प्रतिशत र स्टिल र आल्मुनियमका उत्पादनहरूमा ५० प्रतिशत कर लगाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार