असार २०, २०८२ शुक्रबार July 4, 2025

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

बरामद सामग्री वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका रु १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताउनुभयो । बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

“भन्सार छलेर ल्याइएका रु २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौँ”, सूचना अधिकारी सिंहले भन्नुभयो, “सोही अवधिमा बिलबिजक नभएका रु १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरका सामगैी राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार