असार २०, २०८२ शुक्रबार July 4, 2025

‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोजस्ता खेलहरूमा प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी । नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा ‘पृतनापति ट्रफी २०८२’ आजदेखि सुरु भएको छ। प्रतियोगिता सेनाका २, १८, र २१ नम्बर बाहिनी अन्तर्गतका गण, गुल्म तथा एकाइहरूबीच आयोजना गरिएको हो।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोजस्ता खेलहरूमा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार प्रतियोगिता असार ३० गते समापन हुनेछ।

नेपाली सेनाले हरेक वर्ष यस्ता प्रतियोगिता सञ्चालन गर्दै आएको छ, जसको उद्देश्य शारीरिक फिटनेससँगै सैनिकहरूमा खेल कौशल विकास गर्नु रहेको बताइएको छ। साथै, सेनाको खेलकुद विभागबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरू उत्पादन हुँदै आएका छन्।

खेलकुद क्षेत्रका जानकारहरूका अनुसार सेनाको यो गतिविधि देशको समग्र खेल विकासमा पनि सहयोगी बनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार