काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आन्तरिक नीति तथा कार्यक्रमलाई सघाउने ठूलो र विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित भएको छ ।
संसदमा गहन बहस र रस्साकस्सी पछि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले विधेयक पारित गरेको हो । विधेयकको पक्षमा २ सय १८ मत र विपक्षमा २ सय १४ मत परेको छ ।
यसअघि गत मंगलबार सो विधेयक माथिल्लो सदन सिनेटबाट जम्मा एक मतको अन्तरले पारित भएको थियो । राष्ट्रपति ट्रम्पले रिपब्लिकनहरूको नियन्त्रणमा रहेको अमेरिकी संसद अर्थात् कंग्रेसलाई विधेयक पारित गर्न जुलाई ४ को म्याद दिनु भएको थियो ।
सो विधेयक राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । यो विधेयक राष्ट्रपति ट्रम्पका लागि केवल कानुनी दृष्टिकोणबाट मात्र नभई राजनीतिक दृष्टिकोणले पनि ठूलो जित मानिएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया