असार २०, २०८२ शुक्रबार July 4, 2025

सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे

नेपाल एयरलाइन्समा बढी जनशक्ति, कम नतिजा : निजी क्षेत्रको दक्षता प्रशंसनीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नदेखिएको टिप्पणी गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले नेपाल एयरलाइन्सलाई सुधार गर्न जनशक्तिको भूमिका महत्वपूर्ण भए पनि समर्पण र उत्तरदायित्वको भावना कमजोर भएकाले चुनौती रहेको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले निजी एयरलाइन्सहरू कम जनशक्तिमा नाफा कमाइरहेकामा ध्यानाकर्षण गराउँदै नेपाल एयरलाइन्समा भने जनशक्तिको अधिक प्रयोग हुँदा पनि सुधार नआएको स्वीकार गर्नुभयो ।

उहाँले ट्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले हिमालय एयरलाइन्सलगायत अन्य कम्पनीका लागि समेत गर्नुपर्ने भएकाले धेरै जनशक्ति आवश्यक पर्ने स्पष्ट गर्नुभयो । “टिआइएमा वर्षमा झन्डै ९५ लाख यात्रु ओहोरदोहोर गर्छन्, त्यसको ग्राउण्ड ह्याण्डलिङ नेपाल एयरलाइन्सले गर्छ,” मन्त्री पाण्डेले भन्नुभयो, “तर सरकारी कामप्रति मानिसहरू समर्पित देखिँदैनन्, निजी क्षेत्रको तुलनामा कम जनशक्तिमा बढी नतिजा आएको देखिन्छ । यो सुशासनकै पाटो हो । सुधार आवश्यक छ ।”

मन्त्री पाण्डेले नेपाल एयरलाइन्सको सेवा र शर्तसम्बन्धी विनियमावली निर्माण भइरहेको जानकारी पनि दिनुभयो । उहाँका अनुसार आवश्यकता भन्दा बढी जनशक्ति कायम राख्दा संस्था थप आर्थिक भारमा परेको छ, त्यसलाई व्यवस्थित गर्न सरकार गम्भीर गृहकार्यमा जुटेको छ ।

समितिको बैठकमा सांसदहरूले नेपाल एयरलाइन्सको कार्यक्षमता, घाटा, समायोजनको आवश्यकता र प्रतिस्पर्धात्मक बजारमा सुधारका उपायहरूबारे प्रश्न उठाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार