असार २१, २०८२ शनिबार July 5, 2025

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्कनु भएको अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक प्रा डा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो ।

मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगतै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया