असार २१, २०८२ शनिबार July 5, 2025

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड

कम मूल्यमा प्रभावकारी सेवा प्रदान हुने आयुर्वेद उपचार पद्धतिलाई उपचारका लागि पहिलो रोजाइमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर। आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ तथा नेपाल पत्रकार महासङ्घद्वारा आज काठमाडौँमा आयोजित अन्तरक्रिया एवं तनाव व्यवस्थापन कार्यक्रममा वक्ताहरूले यस्तो जोड दिनुभएको हो ।

कार्यक्रममा चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले कम मूल्यमा प्रभावकारी सेवा प्रदान हुने आयुर्वेद उपचार पद्धतिलाई उपचारका लागि पहिलो रोजाइमा पर्ने गरी विकास गरिनुपर्ने बताउनुभयो । “एलोपेथिक उपचार पद्धतिभन्दा आयुर्वेद सस्तो, प्रभावकारी र लाभदायक छ, तर यस क्षेत्रमा राज्यको ध्यान पुगेको छैन र पर्याप्त बजेट व्यवस्थापन गर्न सकिएको छैन । सञ्चारमाध्यमले यसको प्रभावकारिताका लागि व्यवहारिक अभ्याससहित पक्षपोषण र सचेतनाका लागि जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

आयुर्वेदिक डा महेश्वर भट्टले स्वास्थ्य समाजका लागि मानिसको मानसिक स्वास्थ्य महत्त्वपूर्ण हुने भन्दै मानसिक रूपमा स्वास्थ्य रहने व्यक्तिको सोचाइ सधैँ सकारात्मक हुने धारणा राख्नुभयो । उहाँले तनावका कारण हुने समस्या, तनाव व्यवस्थापन गर्ने विधि र उपायबारे जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता शाहले आयुर्वेदिक चिकित्सा उपचार पद्धतिले नेपालीलाई सबल, सक्षम र निरोगी बनाउन सकिने भन्दै यसको प्रचारप्रसार र प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जीव शुभचिन्तक, कार्यसमिति सदस्य उमा शर्मालगायतले पत्रकारहरूको काम गर्ने समयको असीमितता र अनिश्चितताका कारण तनाव अत्यधिक हुने भन्दै यस्ता कार्यक्रमले त्यसको व्यवस्थापनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चिकित्सालय काठमाडौँले चालु आर्थिक वर्षमा २३ हजार ८२३ जनालाई पञ्चकर्म, शल्यक्रिया, योग, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमाको सेवा, अकुपन्चर, फिजियोथेरापीलगायत सेवा प्रदान गरेको डा चन्द्रवली शाहले जानकारी दिनुभयो ।

चिकित्सालयको आफ्नै जग्गा तथा भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ आवश्यक जनशक्ति दरबन्दीको अभावमा कार्य सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार