काठमाण्डौः नेपाली बजारमा सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।
आईतबार तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
अमेरिकी डलरको मूल्यमा सुधार आएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र नेपालमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया