असार २, २०८३ मंगलबार June 16, 2026

रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउन के खाने ? के नखाने ? जानीराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः तपाँईं आफ्नो दैनिक खानामा दही समावेश गर्नुहुन्छ ? लसुन नि ? यसमा पक्कै पनि तपाँईंको जवाफ सकारात्मक आउनेछ। लसुन त हाम्रो खानाको अभिन्न हिस्सा नै भयो । तरकारीमा लसुन नभई हुन्न । त्यसैले त यो भान्सामा अनिवार्य हुनेगर्छ ।

तपाँईंलाई हेक्का हुनुपर्छ, दही स्वादिलो मात्र होइन अत्यन्तै लाभदायक पनि हुन्छ। खासगरी पेटको लागि दही सेवन उपयोगी मानिन्छ। दहीमा भएको प्रोबायोटिक तत्वले खाना पचाउनमा मद्दत गर्छ । यसैगरी दहीमा प्रोटिन तथा क्याल्सियमसहित भिटामिन बी ६ तथा बी १२ हुन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दहीमा पोटासियम पनि पाइन्छ, जसले पाचनतन्त्रमा फाइदा गर्छ ।

सागसब्जी, दाल आदिमा लसुनको प्रयोग अनिवार्य मानिन्छ । लसुनमा एन्टी-व्याक्टेरियल तथा एन्टी-अक्सिडेन्ट तत्व पाइन्छ । औषधीय गुणले भरिपूर्ण लसुनको सेवनले रोगसित लड्ने क्षमताको विकास गर्नुका साथै रोगसँग लड्न सहयोग पुर्‍याउँछ ।

लसुनभन्दा कम उपयोगी छैन, बेसार पनि । सागसब्जीमा बेसार त नभई हुन्न । बेसारले सागसब्जीको रंग आकर्षक बनाउने मात्र होइन, स्वास्थ्यलाई समेत फाइदा गर्छ । बेसारको सेवनले विभिन्न किसिमको रोगको संक्रमण हुनबाट शरीरलाई सुरक्षा प्रदान गर्दछ । साथै, यसले विभिन्न रोग निको पार्ने हुँदा आयुर्वेदमा यसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसलाई औषधिको रुपमा दूध तथा पानीमा मिसाएर खाएमा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

भिटामिन ‘सी’को राम्रो स्रोत हो, कागती । कागतीका साथै सुन्तला, अंगुर पनि भिटामिन ‘सी’ तथा एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो। भिटामिन ‘सी’ ले सेतो रक्तकोषिका उत्पादन गर्न सहयोग गर्छ, जसले संक्रमणसँग लड्न मद्दत गर्छ । नेपालीहरूमाझ चिया लोकप्रिय छ। चियामा पनि कालो चिया तथा ग्रीन टी धेरैको रोजाइमा पर्ने गर्छ । ग्रीन टी तथा कालो चियामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व रहेको हुन्छ, जसको सेवनले रोगसँग लड्ने क्षमताको विकास गर्छ ।

तरकारीको सूचीमा ब्रोकउलीलाई निकै स्वास्थ्यकर मानिन्छ । जसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक पोषणतत्वको प्रवाह गर्छ। यसमा फाइबर तथा एन्टिअक्सिडेन्ट तत्वका साथै भिटामिन ए, सी, तथा डी पाइन्छ । त्यसैले खानामा काँचो वा हल्का पाकेको ब्रोकाउलीलाई समावेश गरेर पनि रोग प्रतिरोधी क्षमता बढाउन सकिन्छ ।हरिया सागसब्जीहरूमा पनि पालुङ्गोलाई विशेष प्राथमिकता दिइन्छ ।

पालुङ्गोमा क्यारोटिन, एन्टिअक्सिडेन्ट तत्वका साथै भिटामिन सी पाइन्छ । पालुङ्गोले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक पर्ने भिटामिन तथा पोषण तत्वको पूर्ति गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता
२०८३ असार १, सोमबार
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
२०८३ असार १, सोमबार
गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा
२०८३ असार १, सोमबार
कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा
२०८३ असार १, सोमबार
कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत
२०८३ असार १, सोमबार