असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ३ न्यायाधीश नियुक्त

न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गरेका छन् ।

सोमबार राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका तीन पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा नियुक्त भएका हुन् ।

संसदीय सुनुवाइ समितिले यसअघि तीन जना न्‍यायाधीशको नाम सर्वोच्चमा अनुमोदन गरेको थियो । न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया