असार २५, २०८२ बुधबार July 9, 2025

गाजा युद्ध अन्त्यका लागि नेतान्याहु र ट्रम्पबीच २४ घण्टामा दुई पटक भेटवार्ता

हमाससँग वार्ता असफल भएपछि नेतान्याहु अमेरिका, युद्धविराम र बन्दी रिहाइमा ब्यस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं।इजरेयली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अमेरिकी राष्ट्रपतिलाई चौबिस घण्टामा दुई पटक भेटेर गाजा युद्ध समाप्ति र बन्दी रहाइबारे छलफल गर्नुभएको छ ।

कतारमा आयोजित युद्धविराम वार्ता विफल भएपछि नेतान्याहु अमेरिका जानुभएको हो । गाजाको लडाकु समूह हमासले बन्दी बनाएका इजरेयलीहरूलाई रिहा गर्ने र युद्धविराम सम्झौता गर्ने विषयमा कतार वार्ता विफल भएको थियो । सोही विषयमा ट्रम्प र नेतान्याहुबीच कुरा भएको हो ।

हमासले सन् २०२३ को अक्टुबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि गाजा युद्ध शुरु भएको हो । त्यसमा १२ सय इजरायलीको मृत्यु भएको थियो भने २५१ जना इजरेयलीलाई हमासले बन्धक बनाएको थियो ।

इजरायलको जवाफी कारबाहीमा हालसम्म ५७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार गाजाको अधिकांश जनसंख्या विस्थापित भइसकेको छ र करिब ५ लाख मानिस भोकमरीको जोखिममा छन् ।

हमासले कब्जामा राखेका १० जीवित बन्धकहरूको रिहाइ र ९ मृत बन्धकहरूको फिर्तालाई इजरेयलले आफ्नो प्रमुख लक्ष्य राखेर गाजामा आक्रमण गरेको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार