असार २६, २०८२ बिहिबार July 10, 2025

बाढीको बबन्डर: ११ राजमार्गमा क्षति

गोरुसिंगे–सन्धिखर्क सडक पनि पहिरोका कारण अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशभरि मनसुन सक्रिय हुँदा बाढीपहिरोले राजमार्गहरूमा क्षति पुगेको छ। रसुवा लगायतका जिल्लामा बाढीपहिरोले क्षति गरेको हो। केही राजमार्गका ठाउँठाउँमा आवतजावत नै बन्द छ। बाढीपहिरोबाट बु्धबार साँझसम्म ११ वटा राजमार्गमा क्षति भएको छ। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

रसुवागढीमा मंगलबार बाढीले नेपाल–चीन जोड्ने मितेर पुल भत्काएको छ। बाढीले गल्छी–रसुवागढी राजमार्गमा पनि क्षति पुगेको छ। नवलपरासीको बर्दघाट नगरपालिकास्थित–४ दाउन्ने जंगलको खुर्सानी खोलामा सडक भासिए पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध छ। त्यहाँ एकतर्फी गाडी चल्न थालेका छन्।

पाल्पा रिब्दिकोटमा बुधबार बिहान पहिरो जाँदा पाल्पा–गुल्मी सडक खण्डमा क्षति पुगेको छ। गोरुसिंगे–सन्धिखर्क सडक पनि पहिरोका कारण अवरुद्ध छ। अवरुद्ध सडक खुलाउन पहल भइरहेको सडक विभागका इन्जिनियरहरू बताउँछन्।

महाकाली नदीमा पानीको बहाव उच्च भएकाले कञ्चनपुर भिमदत्त नगरपालिकाको गड्डाचौकीस्थित नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा चारपांग्रे सवारीसाधन चलाउन रोक लगाइएको छ।

बाढीले क्षति पु¥याएका कारण कोसी राजमार्ग पनि अवरुद्ध छ। गत जेठमा बरुणखोलाको ह्युम पाइप बाढीले बगाएपछि कोसी राजमार्गको खाँदबारी–थुमसुर खण्डमा सञ्चालन भएको छैन्। वर्षा यामभरि उक्त खण्ड सञ्चालनमा आउन नसक्ने विभागका इन्जिरियरको भनाइ छ। सरकारले साउन १८ गतेसम्म बिपी राजमार्गको सिन्धुली–खुर्कोट–काठमाडौं खण्डमा रातिमा गाडी चलाउन रोक लगाएको छ।

वर्षाले भेरी कोरिडोरमा पनि क्षति पुर्‍याएको छ। क्षतिका कारण कोरिडोर बन्द छ। जाजरकोटको रिजिगार खोलामा पानीको बहाव बढेकाले जाजरकोट–डोल्पा (भेरी करिडोर) खण्ड पनि अवरुद्ध छ।

पानीको वहाब घटेपछि उक्त खण्ड सञ्चालनमा आउने छ। ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथमा असार १९ गतेदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

फर्पिङ – कुलेखानी सडक खण्डको फर्पिङ – हात्तिगौंडा खण्डमा निर्माणको काम भइरहेकाले गाडी चलाउन रोक लगाएर लगाई वैकल्पिक माग प्रयोग गर्न अनुरोध गरिएको छ। बाढीपहिरोले मध्यपहाडी राजमार्गमा पनि क्षति पुर्‍याएको छ। जाजरकोट छेडागाडको दखेरीमा पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ।

रसुवामा उद्धार जारी

बाढी प्रभावित रसुवामा खोज तथा उद्धार कार्य जारी छ। रसुवागढीमा मंगलबार बिहानको बाढीले जनधनको क्षति गरेको छ। बाढीमा फसेकाको खोज तथा उद्धारमा बुधबार पनि सुरक्षा निकाय र सरोकारवाला निकाय खटिरहेका छन्।

लिङलिङ इलाकामा खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका एक सुरक्षाकर्मी घाइते भएपछि नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएको छ। नुवाकोटस्थित शेर गणबाट खटिएको सेनाको टोलीले त्रिशूली नदी इलाकामा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा नदीले कटान गरेको ठाउँमा बाटो मर्मत गरिरहेको छ।

मृतकका परिवारलाई दुई लाख रुपैयाँ

रसुवागढी बाढीमा मृत्यु भएकाका परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ। मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँका दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको राष्ट्रिय परिषद् बैठकले यस्तो निर्णय गरेको भट्टले जानकारी दिए। नेपाल–चीन सिमानामा भोटेकोसीमा आएको बाढीमा परेका १९ जना सम्पर्कविहीन छन्, नौजनाको शव भेटिएको छ। नागरिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार