असार २६, २०८२ बिहिबार July 10, 2025

वडा र स्वास्थ्य चौकी भवन निर्माण

लहान नगरपालिकाका २४ वटै वडाले अब आफ्नै भवनमार्फत सेवा प्रवाह गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा। लहान नगरपालिका–१२ स्थित पडरिया थारुटोलमा रु ७५ लाखको लागतमा वडा कार्यालय र स्वास्थ्य चौकीको संयुक्त दुई तले भवन निर्माण सम्पन्न भएको छ ।

आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष बद्रीनारायण चौधरीले संयुक्त रूपमा सो भवनको उद्घाटन गर्नुभयो । उक्त भवनको तल्लो तलामा स्वास्थ्य चौकी तथा माथिल्लो तलामा वडा कार्यालयको सेवा प्रवाह गरिनेछ । उद्घाटन कार्यक्रममा नगरप्रमुख चौधरीले लहान नगरपालिकाका २४ वटै वडाले अब आफ्नै भवनमार्फत सेवा प्रवाह गर्ने बताउनुभयो ।

वडाध्यक्ष बद्री नारायण चौधरीका अनुसार चालु आर्थिक वर्षको समपुरक कोष अन्तर्गत नगरपालिका तथा सङ्घीय सरकारको संयुक्त बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको हो । उहाँका अनुसार यसअघि वडा कार्यालयले भाडाको घरबाट सेवा दिँदै आएको थियो ।

स्वास्थ्य चौकीका प्रमुख अरविनकुमार चौधरीले चौकीको पुरानो अवस्थाबारे जानकारी दिँदै भन्नुभयो, “हामी एक कोठे जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएका थियौँ । वर्खामा पानी चुहिन्थ्यो, औषधी तथा अन्य सामग्री राख्न समस्या हुन्थ्यो ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया