असार २८, २०८२ शनिबार July 12, 2025

इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास

इजिप्टको सिमानामा रहेको राफा र दक्षिणी शहर र खान युनिसको बीचमा रहेको तथाकथित मोराग करिडोरमा इजरायलको नियन्त्रणको विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरुसेलम । गाजामा इजरायली सेनाको ठूलो उपस्थितिसहित कुनै पनि युद्धविराम सम्झौता असम्भव भएको प्यालेष्टिनी सशस्त्र लडाकु समूह (हमास) ले बताएको छ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका १० जनालाई रिहा गर्न सहमत भएको जनाएको छ ।

दुवै पक्षले अस्थायी युद्धविरामका लागि सहमति जनाउन आइतबारदेखि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेका छन् र संयुक्त राज्य अमेरिकाले आगामी दिनमा ६० दिनको युद्धविराम हुनेमा आशावादी रहेको बताएको छ ।

गाजामा सहायताको स्वतन्त्र प्रवाह र इजरायली सैन्य गतिविधिको अन्त्य हुनुपर्ने र यो नै स्थायी शान्तिको लागि ‘वास्तविक सुनिश्चितता’ को लागि आफ्नो मागको रहेको हमासले बताएको छ ।

हमासका वरिष्ठ अधिकारी बासेम नइमले बिहीबार एएफपीसँग भने, “हामी हाम्रो भूमिमाथिको कब्जालाई निरन्तरता दिने र इजरायलको नियन्त्रणमा रहेका एकान्त इलाकाहरूमा हाम्रा मानिसहरूले आत्मसमर्पण गरेको स्वीकार गर्न सक्दैनौँ ।”

“दोहामा जारी वार्ताको वर्तमान चरणमा वार्ता टोलीले अहिलेसम्म यही कुरा प्रस्तुत गरिरहेको छ,” उनले भने ।

हमासले इजिप्टको सिमानामा रहेको राफा र दक्षिणी शहर र खान युनिसको बीचमा रहेको तथाकथित मोराग करिडोरमा इजरायलको नियन्त्रणको विरोध गरेको उनले बताए ।

नइमले अमेरिका र इजरायलसमर्थित समूहले हाल प्रदान गर्दै आएको सहायताको अन्त्य गर्न चाहेको पनि बताएका छन् ।

बिहीबार मध्य गाजाको देइर अल–बलाहस्थित एक मेडिकल प्वाइन्टमा इजरायली आक्रमणमा परी आठ बालबालिकासहित १७ जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार