असार २९, २०८२ आइतबार July 13, 2025

युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश

१० खेलाडीको जर्मनीलाई स्विडेनको फराकिलो ४–१ जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्विडेनले युरो कप फुटबलको समूह चरणको खेलमा जर्मनीमाथि ४-१ को फराकिलो जित हात पारेको छ।

जितसहित स्विडेन समूह‘सी’मा पहिलो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ। यसअघि नै दुवै टोली दोस्रो चरणमा प्रवेश गरे पनि पहिलो स्थानका लागि सो खेल महत्त्वपूर्ण मानिएको थियो।

खेलको ३१ औ मिनेटमा कार्लेटा वामसरले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो। ८ पटकको च्याम्पियन जर्मनीले सातौँ मिनेटमा नै जुली ब्रान्डको गोलमा अग्रता लिएको थियो। त्यसको ५ मिनेटपछि नै आर्सनलकी खेलाडी स्टिना ब्ल्याक स्टिनसले स्विडेनका लागि गोल गरिन्।

२५ औँ मिनेटमा स्मिला होलबर्गले नजिकैको दुरीबाट गोल गर्दै स्विडेनलाई अग्रता दिलाउन सफल भइन्। वामसरले स्विडेनले पेनाल्टी उपहार दिनुका साथै रातो कार्ड समेत पाएपछि जर्मनीको खेलमा फर्कने सम्भावना कम भएको थियो। फ्रिडोलिना रोल्फोले पाएको पेनाल्टी अवसरलाई सफल उपयोग गरेकी थिइन्।

वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेकी हिना हर्टिङले ८० औँ मिनेटमा थप गोल गर्दै ४-१ को सानदार जित निकालेकी हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार