असार २९, २०८२ आइतबार July 13, 2025

भारत-इङ्ग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी रोमाञ्चक रूपमा टाई

जो रुट र केएल राहुलको शतक; दुवै टोलीले बनाए समान ३८७ रन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारत–इङग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी टाई भएको छ । पहिलो पारीमा दुवै टोलिले समान ३८७ रन बनाएका हुन् ।

भारतका लागि केएल राहुलले शतक बनाए । लड्स मैदानमा दोस्रो शतक बनाएका राहुलले १३ चौकाको सहयोगमा १०० रन जोडेका थिए । ऋषभ पन्त ७४, रविन्द्र जडेजा ७२, करुण नायर ४०, नितिश कुमार रेड्डी ३० तथा वासिंटन सुन्दर २३ रन बनाएका थिए ।

घरेलु टोलीका क्रिस वोक्सले ३, जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले समान २ तथा शोयब बसिर र बायडेन कार्सले समान १ विकेट लिए । शनिवार नै दोस्रो पारी सुरुवात गरेको घरेलु टोलीले तेस्रो दिनको खेल सकिदा १ ओभरमा २ रन बनाएको छ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूर्व कप्तान जो रुटको शतक सहयोगमा ३८७ रन बनाएको थियो । रुटले १०४ रनको पारी खेले । त्यस्तै बायडन कार्स ५६ तथा जेमी स्मिथ ५१ रनमा बनाएका थिए । कप्तान बेन स्टोक्स र ओली पोप समान ४४ तथा बेन डकेट २३ रनमा आउट भएका थिए ।

भारतका जसप्रित बुमराहले ५ विकेट लिए । नितिश कुमार रेड्डी र मोहम्मद सिराजले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिएका थिए । ५ टेस्टको सिरिज १–१ को बराबरीमा छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार