असार ३०, २०८२ सोमबार July 14, 2025

फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो

कालीमाटी बजारमा सोमबारको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि स्याउसम्मको दर निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।

न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो

५२ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३९ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गाजर (तराई ) ७५ रुपैयाँ , बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडी प्रतिकिलो २५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो २०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ८५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १६० रुपैयाँ, तीतो करेला प्रतिकिलो ३० रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर (तराई) प्रतिकिलो  ४० रुपैयाँ, चिचिण्डो प्रतिकिलो २५ रुपैयाँ, घिरौला प्रतिकिलो ४५ रुपैयाँ, झिगुनी प्रतिकिलो ५५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ३५ रुपैयाँ, सलगम ८०रुपैयाँ, भिण्डी प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो २४० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो  ३०० रुपैयाँ, नियूरो प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७५ रुपैयाँ, सजिवन प्रतिकिलो २३० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पुदीना २०० रुपैयाँ ,तामा १२० रुपैयाँ र गुन्द्रुक ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो  ३४० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागती प्रतिकिलो १४० रुपैयाँ, अनार प्रतिकिलो ३ ५० रुपैयाँ, आँप (माल्दह) प्रतिकिलो १२५ रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १३० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो  २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा  १७० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ , रुखकटहर प्रतिकिलो ४५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ  निर्धारण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार