काठमाडौं । नेपालको अग्रणी अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डु ले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्ने भएको छ। ‘अफरको चट्याङ, छुटको बतास!’ भन्ने नारासहित सुरु हुने सात दिने यो विशेष सेल अभियानमा ग्राहकहरूका लागि आकर्षक छुट र उपहार अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।
मोबाइलमाण्डुका अनुसार, यस सेलअन्तर्गत ६० प्रतिशतसम्मको छुट, रू. ९९९ मा डेली फ्ल्यास सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा किन्दा एउटै फ्री, र १० हजार रुपैयाँ बराबरको गिभअेवे लगायतका प्रस्ताव ल्याइएका छन्। ग्राहकहरूको किनमेल अनुभवलाई सहज र भरपर्दो बनाउन कम्पनीले रू. २,४९९ भन्दा माथिको खरिदमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध गराउनेछ।
त्यसैगरी, मोबाइल तथा घरेलु उपकरण खरिदमा ईएमआई (सजिलो किस्ताबन्दी) सुविधा समेत उपलब्ध गराइनेछ। डिजिटल सहभागिता बढाउन कम्पनीले फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत गिभअेवेहरू सञ्चालन गर्ने जनाएको छ। ग्राहकहरूले #MonsoonDhamakaSale, #MobileMandu, #FlashSaleNepal जस्ता ह्यासट्याग प्रयोग गरी आकर्षक उपहार जित्न सक्नेछन्।
मोबाइलमाण्डुले ग्राहकहरूलाई mobilemandu.com मा गई विभिन्न छुट, अफर र गिभअेवेमा सहभागी भई मनसुनलाई बचत र उपहारको मौसमको रूपमा मनाउन आग्रह समेत गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया