श्रावण १, २०८२ बिहिबार July 17, 2025

अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै

परिस्थितिले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य दुवै बिग्रँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामाबाद, साउन १ गते । पाकिस्तानमा बसोवास गर्ने अफगान आप्रवासीहरूको बढ्दो सङ्ख्याले गिरफ्तारी र निर्वासनको निरन्तर डरका कारण अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट टाढा बसिरहेको खामा प्रेसले मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) को हालैको रिपोर्टलाई उदृत गर्दै बुधबार बताएको छ ।

परिस्थितिले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य दुवै बिग्रँदै गइरहेको छ । खामा प्रेसका अनुसार एमएसएफले आफ्नो निष्कर्षमा धेरै अफगान अहिले गम्भीर रूपमा अस्वस्थ भए पनि चिकित्सा सहायता लिन डराइरहेका छन् । निर्वासनको डरले उनीहरूको शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नुका साथै गम्भीर मनोवैज्ञानिक क्षति पनि पुर्‍याएको छ ।

सन् २०२३ नोभेम्बरदेखि पाकिस्तानले अफगान नागरिकहरू विरुद्ध आफ्नो निर्वासन अभियान बढाएको छ । सुरुमा, यो कागजातविहीन व्यक्तिहरूमा केन्द्रित थियो तर अवैध कागजातहरू भएका व्यक्तिहरू पनि जोखिममा छन् । यद्यपि इस्लामाबादले भर्खरै सन् २०२५ जुलाईदेखि कानुनी निवास कार्ड भएका अफगानहरूको निर्वासन रोक्ने बताएको छ ।

पाकिस्तानले हाल अफगान आप्रवासी र शरणार्थीहरूको विश्वको सबैभन्दा ठुलो जनसङ्ख्यामध्ये एकलाई आश्रय दिन्छ । तीमध्ये धेरै अफगानिस्तानमा युद्ध र अस्थिरताबाट बच्न सीमा पार गरेर आएका थिए । खामा प्रेसका अनुसार अन्तर्राष्ट्रिय संस्थाहरूले पाकिस्तानी सरकारलाई अफगान शरणार्थीहरूलाई अनुचितरूपमा लक्षित गर्न रोक्न र उनीहरूलाई स्वास्थ्य सेवामा उचित पहुँच सुनिश्चित गर्न आग्रह गरिरहेका छन् ।

यसअघि, संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानबाट फर्केका मानिसहरूको ठुलो वृद्धिलाई लिएर चेतावनी दिएको थियो । साथै राष्ट्रसङ्घले सन् २०२५ मा अहिलेसम्म १३ लाखभन्दा बढी मानिस अफगानिस्तान फर्केको भन्दै तत्काल विश्वव्यापी सहयोगका लागि आह्वान गरेको थियो । इस्लाम काला सीमा विन्दुको भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले भन्नुभयो, “दशकौँअघि द्वन्द्वबाट भागेका परिवारहरूका लागि सकारात्मक घर फर्कने क्षण हुनुको सट्टा थकान, आघात र गहिरो अनिश्चितता देखिएको छ ।” रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार