श्रावण १, २०८२ बिहिबार July 17, 2025

महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने

सावित्रालाई सिजन २०२५/२६ का लागि दुई वर्षको सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ- नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ अष्ट्रेलियाको ए लिग खेल्ने भएकी छिन् ।

बिहीबार वेलिङ्टन फिनिक्स फुटबल क्लबले एक विज्ञप्ती जारी गर्दै सावित्रालाई दुई वर्षको सम्झौता गरेको बताएको छ।

न्युजिल्यान्डको वेलिङ्टन सहरमा रहेको वेलिङ्टन फिनिक्स फुटबल क्लबले अष्ट्रेलियाको ए-लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्छ। वेलिङ्टन फिनिक्स न्यूजिल्यान्डको एक मात्र ए-लिग क्लब हो, जसले देशको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दछ।

साम्बा सिजन २०२५/२६ का लागि क्लबमा आबद्ध भएकी हुन्। यो लिगमा १२ टोलीले खेल्दा ११ टोली अस्ट्रेलियाका छन्। अघिल्लो सिजन वेलिङटन लिगमा नवौं भएको थियो। उसले २३ खेलमा ७ खेल मात्र जितेको थियो।

फोनिक्समा आबद्ध भएपछि साम्बाले उत्साहित भएको बताएकी छन्। साथै धेरै गोल गर्न प्रयास गर्ने र समर्थकलाई खुसी दिने उनको भनाइ छ।

https://x.com/WgtnPhoenixFC/status/1945710054209880094

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार