काठमाडौं । इङ्ग्ल्यान्डले आउँदो तीन आईसीसी विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) को फाइनल आयोजना गर्ने भएको छ ।
सिङ्गापुरमा भएको वार्षिक बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले इङ्ग्ल्यान्डलाई सन् २०२७, २०२९ र २०३१ मा हुने ३ विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आयोजना गर्ने जिम्मेवारी दिएको हो ।
यसअघि इङ्ग्ल्यान्डले सन् २०२१ देखि लगातार ३ वटै फाइनल आयोजना गरेको थियो । लर्ड्समा गएको जुनमा भएको फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले हराएको थियो ।
यद्यपि सन् २०२७ देखि विश्व टेस्ट च्याम्पियनशिप फाइनलको आयोजक फेरिन सक्ने अनुमान थियो । तर आईसीसीले इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) सफल आयोजना रेकर्डलाई उद्धृत गर्दै उसलाई फेरि आयोजकका रूपमा रोजेको हो ।
जुन विन्डो अर्थात् इन्डियन प्रिमियर लिग (आईपीएल) पछि तुरुन्तै र अङ्ग्रेजी गर्मीयामको शुरुआतमा धेरै अन्तर्राष्ट्रिय खेलहरू नहुने हुँदा यो बेलालाई आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनल आयोजना गर्न उपयुक्त समय मानिन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया