श्रावण १५, २०८२ बिहिबार July 31, 2025

त्रिभुवन विश्वविद्यालयका चार सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी भर्नामा रोक

नियम विपरीत आफूखुसी अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा सामेल नै नभएका विद्यार्थीहरूलाई भर्ना गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन ०९ गते । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले सम्बन्धन प्राप्त गरी निजी स्तरमा संचालित चार कलेजलाई विद्यार्थी भर्नामा रोक लगाएको छ । बिटेक (फुड टेक्नोलोजी) शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका विराट मल्टिपल कलेज विराटनगर, धरान बहुमुखी क्याम्पस धरान, नीलगिरि कलेज सुनसरी तथा नागरिक कलेज नवलपरासीलाई प्रतिबन्ध लगाएको हो ।

शैक्षिक वर्ष २०८१/०८२ मा त्रिभुवन विश्वविद्यालयको नियम विपरीत आफूखुसी अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा सामेल नै नभएका विद्यार्थीहरूलाई भर्ना गरेको पाइएकोले कारबाही गरिएको विश्वविद्यालयले जनाएको छ ।

शैक्षिक वर्ष २०८२/२०८३ मा उक्त बिटेक (फुड टेक्नोलोजी) शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना गर्न नदिने साउन ६ गते, बसेको अध्ययन संस्थानको विद्यापरिषद् स्थायी समितिको बैठकबाट निर्णय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया