मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गुल्मी जिल्ला स्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुँदै

प्रतियोगीतामा उत्कृष्ट हुने खेलाडीहरूलाई विधा अनुसारको पदक, प्रमाणपत्रसहित उत्कृष्ट पुरस्कारको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रेसुङ्गा, साउन १० गते । गुल्मी तेक्वान्दो डोजाङको आयोजनामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही साउन १७ गते जिल्ला खेलकुद विकास समिति गुल्मीको कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सह–आयोजकको रूपमा इस्मा तेक्वान्दो डोजाङ रहेको छ ।

प्रतियोगीतामा छात्र ११ र छात्रा ११ तौल समूहमा फाइट र एकल पुङसे गरेर करिब १५० खेलाडी सहभागी हुने सह–आयोजक इस्मा तेक्वान्दो डोजाङका अध्यक्ष दीपक जिसीले जानकारी दिनुभयो । जिल्लामा रेसुङ्गा र मुसिकोट नगरपालिका तथा इस्मा र मालिका गाउँपालिकामा तेक्वान्दो डोजाङ मार्फत प्रशिक्षणहरू सञ्चालन भएका छन् । पछिल्लो समय जिल्लामा तेक्वान्दो खेलप्रति आर्कषण बढ्दै गएको छ ।

जोखिमपूर्ण खेलको रूपमा हेरिने तेक्वान्दोलाई अहिले विभिन्न ठाउँहरूमा सौहार्दपूर्ण रूपमा सञ्चालन गरिएको तेक्वान्दो खेलका प्रशिक्षक समेत रहनुभएको इस्मा तेक्वान्दो डोजाङका अध्यक्ष जिसीले बताउनुभयो । यो जिल्ला स्तरीय प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ । तीन वर्ष पहिले इस्मा तेक्वान्दो डोजाङले प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रतियोगीतामा उत्कृष्ट हुने खेलाडीहरूलाई विधा अनुसारको पदक, प्रमाणपत्रसहित उत्कृष्ट पुरस्कारको व्यवस्था आयोजकले गरेको छ । यो तेक्वान्दो २०५४ सालबाटै जिल्लामा खेल्न थालिएको थियो । तर, २०६५ सालबाट सङ्गठित गरेर अगाडि बढेको मुख्य आयोजक गुल्मी तेक्वान्दो डोजाङका अध्यक्ष गिरी प्रसाद महाकिमले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङशिल्डमार्फत विद्यालय स्तरिय खेल बन्दै गएको छ । जिल्लाबाट राष्ट्रिय प्रतियोगीतामा सहभागी भएर दीपा पुनले स्वर्ण र दिपेन्द्र चुँदाराले रजत पदक प्राप्त गरेका छन् । त्यस्तै प्रदेश स्तरीय खेलमा प्रकाश खासु सहभागी भएर उत्कृष्टता प्रर्दशन गरेको महाकिमले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार