मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

न्फा यु–१६ यूथ लिग : चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लब बराबरीमा रोकिए

हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा यही साउनको अन्त्यमा हिमालय स्मृति अन्तर एकेडेमी फुटसल प्रतियोगिता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लब एन्फा यु–१६ यूथ लिगमा आइतबार २–२ को बराबरीमा रोकिएका छन् ।

यो नतिजासँगै ९ खेलमा १९ अङ्क जोडेको सङ्कटा दोस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाइज समान खेलबाट १४ अङ्कका साथ सातौँ स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजका लागि स्वप्निल दर्नाल र अप्सन गुरुङले गोल गरे । सङ्कटाका लागि पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे ।

आइतबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली एपिएफ क्लबलाई ३–१ ले पराजित गरेको थियो ।

हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा यही साउनको अन्त्यमा हिमालय स्मृति अन्तर एकेडेमी फुटसल प्रतियोगिता हुने भएको छ ।

१२ वर्ष मुनिका खेलाडीहरू सहभागी हुने प्रतियोगिता साउन २५ गते स्वयम्भू रिक्रिएसन सेन्टरमा हुने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा उपत्यकाका विभिन्न फुटबल एकेडेमीका गरी १२ टिम सहभागी हुने प्रतियोगिताका संयोजक राजन न्यौपानेले जानकारी गराएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार