श्रावण १५, २०८२ बिहिबार July 31, 2025

मधेशप्रदेशमा आज ‘लगपाँच’ पर्व मनाइँदै

मधेशमा ‘लगपाँच’ दिनपश्चात् पर्व प्रारम्भ भएको मानिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, १३ साउन : मधेस प्रदेशको महोत्तरीसहित अन्य जिल्लामा नागको पूजाआराधना गरेर ‘लगपाँच’ पर्व मनाइँदै छ । मूलघरको चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दुर र अक्षता चढाइ नागको आराधना गर्ने परम्परा रही आएको छ ।

घरमूली गृहिणीले स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै नागले रुचाउने दूध, लावा चढाउँछन् ।

महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शोभाकान्त झाले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि नागको भय नहुने जनविश्वास रहेको बताउनुभयो । उहाँका अनुसार घरका चारै सुरका भित्तामा नागचित्र कोरिनसँगै मुख्यद्वारमा कागजमा बनाइएको नाग चित्र पनि टाँसिन्छ । मधेशमा ‘लगपाँच’ दिनपश्चात् पर्व प्रारम्भ भएको मानिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया