कार्तिक २२, २०८३ आइतबार November 8, 2026

धार्मिक, ऐतिहासिकदेखि पर्यटनसम्म : रामपुरको कथा अब स्थानीय पाठ्यपुस्तकमा

विद्यार्थीलाई रामपुर नगरपालिकाबारे व्यापक जानकारी दिन र पठनपाठनमा एकरूपता ल्याउने रणनिती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाल्पा, साउन १५ । पाल्पाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो रामपुर’ नामक पाठ्यपुस्तक निर्माण गर्ने भएको छ। नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, आर्थिक, सामाजिक, पर्यटन र भूगोल लगायतका विषय समेटेर यो पाठ्यपुस्तक तयार गर्न लागिएको हो।

नगरपालिकाले पुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि कार्यदल गठन गरी सूचना सङ्कलन कार्यशाला सम्पन्न गरिसकेको छ। कार्यदलले नगरका १० वटै वडामा सूचना सङ्कलन गरेको छ।

नगर प्रमुख रमण बहादुर थापाका अनुसार विद्यार्थीलाई रामपुर नगरपालिकाबारे व्यापक जानकारी दिन र पठनपाठनमा एकरूपता ल्याउनका लागि यो पहल गरिएको हो। कार्यदलले स्थानीय भूगोल र इतिहास, स्थानीय सरकार, सांस्कृतिक सम्पदा, वन वातावरण, पर्यटन, सामाजिक विकास, विपद् व्यवस्थापनलगायत ८ वटा विषयमा आधारित रहेर पाठ्यक्रम तयार गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया