मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

वादोरियो कराते टोली श्रीलङ्का जाने

अगस्त ७ र ८ तारिखमा हुने उक्त प्रतियोगितामा नेपालका तीन पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौँ, २१ साउनः पाँचौँ खुला अन्तरराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलङ्का जाने भएको छ ।
अगस्त ७ र ८ तारिखमा हुने उक्त प्रतियोगितामा नेपालका तीन पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ८० किलोमुनिको तौल समूहमा पासाङ ग्याल्जेङ थोक्रा, ५२ किलोमुनिको तौल समूहमा निशान घले र ४० किलोमुनिको तौल समूहमा आरोन शेरचनले प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिला ६१ किलोमुनिको तौल समूहमा उर्शला पहरी र ५० किलोमुनिको तौल समूहमा अर्पणा मगरले खेल्नेछन् ।
टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो सङ्घका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन् । टोलीलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता शक्ति बस्नेतलगायतले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार