काठमाडौँ, २२ साउनः त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पसले आफ्नो ४९औँ स्थापना दिवसका अवसरमा आज शासकीय प्रयोगशालामा ‘पब्लिक सर्भिस मोटिभेसन–पिएसएम इन नेपाली सिभिल सर्भिस’ शीर्षकमा आधारित कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सहप्राध्यापक डा नरेन्द्रराज पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल सरकारका सचिव भरतमणि सुवेदी, पूर्वसचिव प्रतापकुमार पाठक, जनप्रशासन क्याम्पसका उपप्राध्यापक डा मुकेशकुमार बास्तोला, सञ्जय घिमिरे र डा सूर्य अधिकारीबाट उक्त विषयउपर महत्वपूर्ण मुद्दाहरू उठाउनु भएको थियो ।
यसैगरी, उक्त कार्यक्रममा ‘सिमुलेटर’को भूमिका निर्वाह गर्नुहुने स्ववियु सभापति अनिकेत तिवारी, सचिव शङ्कर दुबे, सत्यम यादव, आसुतोषकुमार ठाकुर, बहिनीरोजा महर्जन, कृष्णमोहन सिङ तथा नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले आ-आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको सङ्क्षिप्त नीति छिट्टै प्रकाशनमा ल्याइने जनाइएको छ । रासस
प्रतिक्रिया