मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा

स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा अमेरिका दोस्रो स्थानमा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा १३ स्थानको फड्को मार्दै ८७औँ स्थानमा उक्लिएको छ ।

नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । सन् २००३ बाट सुरु भएको महिला वरियताको इतिहासमा यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित विश्व वरियता सूचिमा ९१औँ स्थान हासिल गर्नु नेपालको सबभन्दा उच्च वरियता थियो ।

स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा अमेरिका दोस्रो स्थानमा झरेको छ । यसैगरी स्विडेन छैटौँबाट तेस्रो स्थानमा उक्लिँदा पाँचौँ स्थानबाट इङ्गल्यान्ड चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको जर्मनी पाँचौँ स्थानमा झरेको छ ।

एसियाली देशको बीचमा भने नेपालको स्थान १६औँ छ । एसियाली देशमध्ये सबभन्दा माथि रहेको जापान विश्व वरियताको आठौँ स्थानमा छ । दक्षिण एसियाली देशमध्ये भारत सबभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा छ । भारतको विश्व वरियता ६७ छ भने एसियाली देशबीच भारतको स्थान १२औँ छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको नयाँ विश्व वरियतामा सबभन्दा धेरै सुधार गर्ने क्रममा २४ स्थानको फड्को मारेको बङ्गलादेश १०४औँ स्थानमा पुगेको छ । एसियाली देशबीच १९औँ स्थानमा उक्लिएको बङ्गलादेश दक्षिण एसियाली प्रतिद्वन्द्वीहरुमध्ये तेस्रो स्थानमा छ ।

नेपाल एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको समूह ‘जी’ मा परेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार