भक्तपुर, २३ साउनः नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना इएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायणवासीलाई छात्रबृत्ति उपलब्ध गराउने सहमति भएको हो ।
चाँगुनारायण नगरपालिका कार्यालयमा नगरपालिका र महाविद्यालयबीच चार जनालाई छात्रबृत्ति उपलब्ध गराउने विषयमा सातबँुदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नगरपालिकाकोतर्फबाट प्रमुख खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा महाविद्यालयकोतर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डङ्गोलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको नगर कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया