जेठ २७, २०८३ बुधबार June 10, 2026

एएफसी महिला यु-२० एसियन कप : नेपालद्वारा साउदी अरब १–० गोले पराजित

समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सुक्रिया मियाँको निर्णायक गोलसँगै नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध जित निकालेको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा शुक्रवार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली साउदीमाथि १–० को कठिन जित निकालेको हो । योसँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । शीर्ष स्थानमा भने साबिक विजेता उत्तर कोरिया छ । उत्तर कोरियाले पहिलो खेलमै साउदीमाथि १५–० गोलको फराकिलो जित हात पारेको थियो । साउदी एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिइसकेको छ । भुटानले भने शुक्रवार नै उत्तर कोरियासँग खेल्ने छ ।

यस सिङ्गल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको लागि छनोट हुनेछ । उत्तर कोरिया छनोटनजिक छ ।

समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने भएकाले नेपाललाई साउदीविरुद्ध उत्तर कोरियाको झैँ फराकिलो जित निकाल्नुपर्ने दबाब थियो । तर, नेपाललाई गोल गर्न अतिरिक्त समयसम्म पर्खिन पर्‍यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया