कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बौद्धमा सुरु भयो ऐतिहासिक रोपाइँ जात्रा

बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँ जात्रा (घोनाइ) सो क्षेत्रको पहिचानका रूपमा प्रसिद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ साउनः काठमाडौँ उपत्यकामा विभिन्न जात्रा तथा पवर्हहरु मनाइँदै आएको छ । लामो समयदेखि मनाइँदै आएका यस्ता जात्रा र पर्वहरुको ऐतिहासिक एवम् सांस्कृतिक महत्वसमेत रहेको छ । यसै क्रममा आइतबारदेखि बौद्धमा रोपाइँ जात्रा सुरु भएको छ ।

गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिका अनुसार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

आइतबार घिनतिङना आयोजना गरियो भने आज रोपाइँजात्रा र -यालीको आयोजना गरिनेछ । रोपाइँजात्रामा हलगोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, बाल बाउसे, हाँस्य, व्यङ्ग्य, युवा लाखे, बाल लाखे, झाँक्री, घोडा र विद्यालयको प्रस्तुती रहनेछ । बौद्ध स्तुप परिक्रमा गरेर सुरु हुने रोपाइँजात्रा बौद्ध फूलबारी, बौद्ध गेट, बौद्ध पिपलबोट मूल सडक, बौद्ध टुसाल, बौद्ध गेटसम्म परिक्रममा गरिने आयोजक समितिले जनाएको छ । बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँ जात्रा (घोनाइ) सो क्षेत्रको पहिचानका रूपमा प्रसिद्ध छ ।

यसपटक पनि हल गोरु, युवा बाउसे, युवा रोपार, बाल लाखे, युवा लाखे, झाँकीलगायत विभिन्न विधामा प्रतिस्पर्धीलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको रोपाइँ जात्रा आयोजक समितिका संयोजक जयमङ्गल लामाले जानकारी दिनुभयो ।

त्यसैगरी काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार, ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा भव्य रूपमा सम्पन्न गर्न महानगरबाट यस वर्ष रु १५ लाख विनियोजन गरिएको छ ।

गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । जानकारका अनुसार, सोह्रौँ, सत्रौँ शताब्दिदेखि नै रोपाइँजात्रा मनाउन थालिएको हो । खेतीपाती सम्पन्न गरिएको खुसीयाली मनाइने यस जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरका सदस्य सहभागी हुने प्रचलन छ ।

बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीले रोपाइँ गरिँदा गरिने क्रियाकलाप जस्तैः हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीसहित बौद्धस्तूप परिक्रमा गरी यो जात्रा मनाउने गर्दछन् । जात्रामा सहभागी हुने विभिन्न झाँकीसहित बौद्धपिपलबोटदेखि टुसाल चोकसम्म पुगी पुनः बौद्धस्तूप परिसरमा फर्कने गर्दछन् । रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार