काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातकोत्तर तह प्रथम वर्षको मौका परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ। त्रिवि पनिकाका अनुसार २०८२ साल साउन २६ गतेदेखि सुरु हुने मानविकी, व्यवस्थापन (एम.बि.ए., एम.पि.ए.) र शिक्षा संकायका परीक्षाहरूका लागि दुई केन्द्र निर्धारण गरिएको हो।
मानविकी संकाय र व्यवस्थापन संकायका परीक्षार्थीका लागि परीक्षा केन्द्रको रूपमा पार्वती स्मारक क्याम्पस, चाबहिल तोकिएको छ। शिक्षा संकायका परीक्षार्थीका लागि भने रामकृष्ण शिक्षा सदन, बल्खु परीक्षा केन्द्र हुनेछ।
परीक्षा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुने छ। परीक्षा भवनमा मोबाइल फोन, स्मार्ट वाच, ब्लुटुथ, डिजिटल डायरी जस्ता कुनै पनि इलेक्ट्रोनिक उपकरण ल्याउन नपाइने कार्यालयले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार कुनै अप्रत्याशित कारण परीक्षामा परिवर्तन भएमा त्यस्तो सूचना तुरुन्तै प्रकाशित गरिनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया