फुङलिङ, साउन ३० । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि चर्च ब्वाइज क्लब ललितपुर र सहलेश युवा क्लब सिराहा शनिबार आमनेसामने हुने भएका छन्।
बुधबार सेमिफाइनलमा चर्च ब्वाइजले सुनसरीको द योङ ब्रदर्शलाई ट्राइबेकरमा ३–१ ले हराउँदै फाइनल यात्रा तय गर्यो। बिहीबारको दोस्रो सेमिफाइनलमा सहलेशले रेड स्टार क्लब झापालाई युसुफ मलिकका दुई गोलको मद्दतले २–० ले पराजित गर्यो।
लाखेजात्रा पर्वको अवसरमा भएको प्रतियोगिताको विजेताले रु. ७ लाख २ हजार ८२, उपविजेताले रु. ३ लाख ५० हजार ८२ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। खेलको सर्वोत्कृष्टलाई बाइक प्रदान गरिनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया