जेठ ७, २०८१ सोमबार May 20, 2024

सोह्र श्राद्ध भर्चुअल विधीबाट गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्र श्राद्ध अर्थात् पितृपूजन कार्य वैकल्पिक तरिकाले गर्न नगरवासीलाई आग्रह गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गैरहेको भन्दै संक्रमणको महामारी रोक्न नगरपालिकाले यथासक्य भर्चूअल माध्यमबाट सोह्र श्राद्ध गर्न नगरबासीलाई अपिल गरेको हो ।

कोरोना महामारीपछि भर्चुअल माध्यमबाट औपचारिक बैठक, छलफल, शिक्षण सिकाइ क्रियाकलाप भैरहेको अवस्थामा तिलोत्तमाले सोह्रश्राद्ध कार्यमा समेत सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न वा वैकल्पिक विधि अपनाउन नगरबासीलाई अपिल गरेको हो ।

नगरपालिका कार्यकारी प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले एक सूचना जारी गर्दै विभिन्न स्थानमा पुरोहितमा समेत कोरोना संक्रमण भेटिएको र सोह्रश्राद्धमा एक जना पुरोहित एक दिनमै धेरै ठाउँ जाने प्रचलन रहेकोले सकेसम्म वैकल्पिक विधि अपनाउन आग्रह गरेका हुन् ।

प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने सोह्रश्राद्ध अर्थात् पितृपूजन यस वर्ष भदौ १७ गतेबाट सुरु हुँदैछ । नगरपालिकाले सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरू मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।

यस्तै नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा मात्रै सीमति गर्न र सजगता अपनाउन भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया