मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले विजयी शुरूवात

बर्नामाउथलाई ४–२ ले हराउँदै लिभरपुलले तीन अंक जोड्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इंग्लिस प्रिमियर लिगमा लिभरपुलले विजयी शुरूवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा एएफसी बर्नामाउथलाई ४-२ गोलले हराउँदै लिभरपुलले लिगमा सुखद शुरूवात गरेको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन हुगो एकिटिके, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहम्मद सलाहले समान एक/एक गोल गरे । बर्नामाउथको लागि एन्टोनी सेमेन्योले दुई गोल फर्काए । लिभरपुलले खेलमा लिएको दुई गोलको शुरूवाती अग्रता जोगाउन नसकेपनि अन्तिम समयमा दुई गोल गर्दै जित निकालेको हो ।

३७ औँ मिनेटमा म्याक अल्लिस्टरको पासमा एकिटिकेले गोल गर्दै लिभरपुललाई शुरूवाती अग्रता दिलाएका थिए । ४९ औँ मिनेटमा एकिटिकेको पासमा गाक्पोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका हुन् । ६४ औँ मिनेटमा ब्रुक्सको पासमा सेमेन्योले गोल गर्दै बर्नामाउथलाई २-१ गोलको स्थितिमा ल्याएका थिए ।

७६ औँ मिनेटमा ट्राओरेको पासमा सेमेन्योले गोल गर्दै पाहुना टोलीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । ८८ औँ मिनीमा चिएसाले गोल गर्दै लिभरपुललाई ३-२ गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा इन्डोको पासमा सलाहले गोल गर्दै लिभरपुललाई ४-२ गोलको जित दिलाएका हुन् ।

जितसँगै लिभरपुलले तीन अंक जोडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार