मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सलहेसले जित्यो

उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँमा चित्त बुझा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गत वर्षको बदला लिँदै सलहेस युवा क्लब सिरहाले तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चर्चब्वाइज क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेसले उपाधि जितेको हो ।

दोस्रो हाफको ७९ औं मिनेटमा सलहेसका सुनिल खड्काले गोलको खाता खोलेका थिए । सुनिलले डि बक्स बाहिरबाट प्रहार गरेर गोल गर्न सफल भएका हुन् । सलहेसको तर्फबाट ९० औं मिनेटमा युसुफ मल्लिकले दोस्रो गोल गरे र आफ्नो टिमको जित सुनिश्चित गर्न सफल भए । उनले हेडमार्फत गोल गरेका हुन् ।

युसुफले प्रतियोगिताभरिमा पाँच गोल गरेको आयोजकले बताएका छन् । प्रतियोगिताको ८१ औं मिनेटमा सलहेसका फागुराम थारू र चर्चब्वाइजका चन्दन दासले रेडकार्ड पाए र खेलबाट एकसाथ बाहिरिए । रेफ्री श्याम दनुवारले दुवैजनालाई रेडकार्ड दिएका थिए । दनुवारले फाइनलको दिन सातौ पहेँलो कार्ड देखाए ।

सलहेसले ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँमा चित्त बुझाउनु पर्‍यो । उपाधि विजेता र उपविजेतालाई प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री योगेश भट्टराई र कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामलगायतले ट्रफी तथा पुरस्कार वितरण गरे ।

खेलको सर्वोत्कृष्ट खेलाडी सलहेसका छिरिङ गुरुङ भए । उनले यमाहाको मोटरसाइकल पाए । वेष्ट गोलकिपर सलहेसकै रेम्वो चौधरी हुँदा वेष्ट डिफेन्डर आविस्कार खड्का बने । मिड फिल्डर युवराज ढकाल भए । वेष्ट फरवार्ड आकाश राई भए भने हाइस्कोरर पाँच गोलसहित सलहेसका युसुफ र वेष्ट कोच राजीवकुमार यादव भए । उदाउँहो खेलाडीको उपाधि भने आयोजक तेल्लोकबाट खेलेका सुहाङ लिम्बू भए । उनी तेल्लोकका गोलकिपर हुन् ।

गत वर्ष मोरङसँग १–० ले पराजित भएको सलहेस यसवर्ष दोहोर्‍याएर बोलाइएको एक मात्र टिम हो । आयोजक लाखे जात्रा संचालन समितिले बाँकी सात टिम नयाँ बोलाएको थियो । सलहेस यस वर्ष चारजना विदेशी खेलाडीसहित सहभागी भएको थियो । उसले खेल अवधिभर एक गोल पनि खाएन ।

लाखे जात्राको अवसरमा साउन २४ गते जनै पूर्णिमा तथा रक्षा बन्धनदेखि सुरु भएको प्रतियोगितामा भारतको एकसहित आठ टिम सहभागी थिए ।

स्पोर्टिङका सुहाङ लिम्बू भए । उनी तेल्लोकबाट गोलकिपर खेलेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार