मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

१८ जना फुटबल महिला खेलाडीलाई नगद सहित सम्मान

आगामी दिनहरूमा पनि यस्तो कार्यक्रमको निरन्तरताका लागि सबैसँग सहयोगको अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, भदौ १ गते । तामाङ महिला फुटबल खेलाडीहरूलाई जनही पाँच हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ । राईगाउँ युवा क्लब मकवानपुर र तामाङ डाजाङद्वारा राजधानीमा आयोजित सम्मान कार्यक्रममा नेपाली फुटबलका १८ जना महिला खेलाडीलाई सम्मान गरिएको हो ।

सो अवसरमा महिला फुटबल खेलाडीहरू पेमा डोल्मा लामा, अनु लामा, रेणुका नगरकोटे (लामा), रश्मिकुमारी घिसिङ, मञ्जली योञ्जन, निशा थोकर, अञ्जना राणामगर (तामाङ), लाई सम्मान गरिएको हो ।

त्यसैगरी खेलाडीहरू अञ्जली वाइबा, सपना लामा, सजनी थोकर,  रजनी थोकर, सुजता तामाङ, यशोदा थोकर, निकिता थोकर, रबिना गोले, अन्जु लोप्चन,  सुनिता भोलन र सुष्मा तामाङलाई सम्मान गरिएको हो ।

तामाङ डाजाङका अध्यक्ष फूलमान बम्जनले राईगाउँ युवा क्लब र डाजाङसँगको सहकार्यमा नेपाली फुटबल क्षेत्रमा आफ्नो उर्जावान समय दिएर विभिन्न किर्तिमानहरू कायम गर्न सफल महिला खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव लागेको बताउनुभयो ।

उहाँले महिला फुटबल खेलाडीहरूको हौसला बढाउन सहयोग गर्नुहुने सबै सहयोगी, शुभचिन्तक, शुभेच्छुकप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । राईगाउँ युवा क्लबका अध्यक्ष छविलाल बम्जनले विशेष अनुशासन, मिहिनेतसाथ नेपाली खेल क्षेत्रमा आफ्नो स्थान बनाउन महिला फुटबल खेलाडीलाई पहिलो पटक सम्मान कार्यक्रम राखेको र आगामी दिनहरूमा पनि यस्तो कार्यक्रमको निरन्तरताका लागि सबैसँग सहयोगको अपेक्षा रहेको विचार व्यक्त गर्नुभयो ।गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार