भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

प्रचलित कानुनबमोजिम मात्रै विज्ञापन गर्न बोर्डद्वारा क्यानलाई सचेत

प्रचलित कानुनविपरीतका विज्ञापन प्रदर्शन गरेको एजेन्सीलाई रु १० हजार जरिवाना गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, ३ भदौः विज्ञापन बोर्डले प्रचलित ऐन, कानुन, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गत मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएल)का खेलहरू ‘फस्र्ट सेञ्चुरी मिडिया’ नामक विदेशी कम्पनीमार्फत स्टार स्पोटर्स च्यानलबाट विज्ञापनसहित प्रसारण गरेको, जुवा खेलाउने विभिन्न साइटलगातमा ब्याटिङ गराएको भन्ने उजुरपछि बोर्डले उक्त निर्णय गरेको हो ।
बोर्डको गत साउन २१ र २९ को बैठकबाट निर्णय भएकाले विज्ञापन नियमन गर्ने नियमावलीबमोजिम सूचना प्रकाशित गरिएको बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
नेपाल क्रिकेट सङ्घले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेस नगरेको र कार्य व्यस्तताका कारण पत्रहरूको जवाफ पेस गर्न नसकिएको भन्दै पेस गरेको जवाफ चित्तबुझ्दो नभएको पाएको उहाँले बताउनुभयो । बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन प्रचलित ऐन तथा नियमविपरीत विज्ञापन नगर्न सचेत गराइएको छ ।
बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानुनविपरीतका विज्ञापन प्रदर्शन गरेको एजेन्सीलाई रु १० हजार जरिवाना गर्ने, तीन महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र उक्त अवधिसम्म उक्त एजेन्सीलाई बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ ।
बोर्डले ब्राण्ड डिजिटल लजिक प्राली, ललितपुर र टिसिएम स्पोर्टस एण्ड मार्केटिङ प्राली टङ्गाल, काठमाडौँसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न-नगराउनुहुन सबै विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई अनुरोध गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार