मलाइ लाग्दछ, नेपालमा जाति, जनजाति, भनेर समाज विभाजन गर्नुको कुनै अर्थ छैन । म गुरुङ हो नेपाली हुँ । नेपाली जनताहरु प्रष्ट छन्, सरकारले गरेको जातिय वर्गिकरण देश र जनताको हित विरुद्धमा छ । जातीको अर्थ दमाई कामी सार्की वुझने सरकारले तिनिहरु नेपाली हुन कोहि कृषक र कोहि प्राचिनकालीन औद्योगिक सिल्पकार भनेर नवुझनु शासकहरु निरंकुश देखिन्छन ।
अर्थको परिभाषा नहेरि राज्यमा भएको एउटा ठुलो समाज जस्ले जंगल फडानि गरेर देशमा भएका फिरंगेहरुलाई समेत आहारा उत्पादन गरिदिएको छ जिवन रक्षा गरिदियो त्यो समाजलाई राज्यले जनजाति भनेर वर्गिकरण गर्नु अतिनै लाजमर्दो कुरा हो । म भन्छु सामन्तवादी सरकारमा आसिन अतिवादहरु नेपालमा भएका राइर्, लिम्वु, भोटे, मगर, तामाङ, गुरुङ, नेवार, जातीलाई जनजाती भनेर जंगलि जनवारको दाजोमा राख्न तल्लिन छन । समयले नकरात्मक भावना वढाउदै गयो भने परिस्थितिले गण्डक पुर्वको भुमि किराँत राज्यको राजधानि खोज्न तयार हुन सक्छ । गण्डक पारिले मगरात खोज्दा खस आर्यहरु पस्चिमि भुभागमा थन्किन वाध्य हुन्छन् ।
समयले नकरात्मक भावना वढाउदै गयो भने परिस्थितिले गण्डक पुर्वको भुमि किराँत राज्यको राजधानि खोज्न तयार हुन सक्छ । गण्डक पारिले मगरात खोज्दा खस आर्यहरु पस्चिमि भुभागमा थन्किन वाध्य हुन्छन् ।
वुझ्न जरुरि छ, जन भनेको मानिस जाती भनेको समुह जसको मतलव जनजाति भन्नाले मानिसको एउटा ठुलो समुहले राज्यमा फसल उत्पादन गर्छ जनजाती हुन्छ । समाजवादी काग्रेसका संस्थापक नेता तथा वर्तमान अध्यक्ष गोविन्द निरौलाले धारणा स्पस्टगर्नु भएको छ, “नेपालमा वसोवासगर्ने मानिहरु मध्ये राइर्, लिम्वु भोटे मगर, गुरुड, नेवार, थारु, हरुलाई सवभन्दा पहिले कृषि पेसामा लाग्ने मानिस भनेर वुझ्नुपर्ने हुन्छ । तिनिहरु राज्यका मुल नागरिक हुन । सरकारको परिभाषा भने भिन्नेै छ । त्यो हो जनजाति भनेका जंगलमा वस्ने वनकर, उनिहरु अहिले सम्म मानिस वनिसकेका छैनन” । परिभाषा हेर्दा आफ्नो अस्तित्व संरक्षणको निम्ति वर्तमान सरकार विरुद्ध संघर्षरत रहन आवस्यक भएको कुरा महसुस गर्दछु ।
दोश्रो छ जाती । जाती भन्नाले नेपालमा भएका दमाइ, कामी, सार्की, वर्गका मानिस । तपाई आफै भन्नुस मानिस कहिले अछुत हुन्छ ? राज्यले मानिसलाई अछुत घोषणा गरेर त्यसलाई सदियौ सम्म संस्थागत गर्न आयोग गठन गरेको छ । दुई चार लाख पैसाले बजार वस्तु जस्तै मानव सम्मानको प्रतिष्ठा किन्न खोजेको छ । हमीहरु त्यसमा पनि अल्झिएका छौ । आफ्नो अधिकार प्राप्तिगर्नको लागि संघर्षशिल भएनौ भने हाम्रो अस्तित्व सकिने अवस्थामा छ । स्पस्ट हुनुपर्दछ युरोप र अमेरिकाका पादरिलाई ज्वाई ससुरा सम्दी मान्न आतुर शासकहरु नेपालमा भएका दमाई, कामी, सार्किलाई अछुत भन्छन । आर्थिक अवस्था गरिव हुनु अछुत भएर वस्नु परिरहेको छ । कहिलेकाहि सोच्न मन लाग्छ के साच्चैनै हामीहरु अछुत हौ ? “निरौला भन्नुहुन्छ, सामाजिक संस्कार अलग-अलग हुदैमा मानिस कहिलै अछुत हुदैनन । कारण, कामी भन्नाले संरचनाको सृष्टिकर्ता भन्ने भएकोले ईलेक्ट्रोनिक ईन्जिनियरींङमा पहिलो प्राचार्यगर्ने व्याक्ति कामी जातीलाई विश्वकर्मा वावा भनेर पुजागर्ने गरिएको छ ।
विश्वमा भएका सवै वाहुन, क्षेत्रीहरुले त्यसलाई पुजागर्छन । मुखिया जिम्मलको सहायक वनेर लेखापढी गर्ने मानिस सार्की हुन्छ । मेजरमेन्टगर्ने व्याक्ति दमाई हुन्छ“। उनिहरुले के नराम्रो काम गरेर अछुत भए । अहिलेको वजारमा गएर हेर्नुभयो भने आफुलाई वाहुन क्षेत्री भन्ने अतिवादीहरु आफै जुत्ता, कपडा सिलाएर वसेका भेटिन्छन । तपाई आफै भन्नुस तिनिहरु अछुत हुने कि नहुने । मैले भन्नुपर्दा देशमा जातिय छुवाछुत र समाजिक भेदभाव जस्तो मानिस मानिस विच गरिने घृणा अन्त्य नगरि राज्यको विकास हुन सक्दैन । देशमा भएका गरिव जनताको सम्बृद्धि निम्ति भनेर नै नेपाल समाजवादी काँग्रेसले २१शौ शताव्दीको सफलता र शुदृढताको लागि संवैधानिक प्रजातन्त्र र हिन्दु राज्यको स्थापना गर्न आवश्यक छ भन्ने विचार अघि सार्नुले पनि मेरो विचारलाई पुष्टि गरेको छ ।
देशमा भएका गरिव जनताको सम्बृद्धि निम्ति भनेर नै नेपाल समाजवादी काँग्रेसले २१शौ शताव्दीको सफलता र शुदृढताको लागि संवैधानिक प्रजातन्त्र र हिन्दु राज्यको स्थापना गर्न आवश्यक छ भन्ने विचार अघि सार्नुले पनि मेरो विचारलाई पुष्टि गरेको छ ।
पार्टीले लिएको संवैधानिक शासन, निर्वाचित सरकार, स्वतन्त्र न्यायाालय, मर्यादित अभिव्यक्ति, वैचारिक प्रतिस्पर्धा, र वौद्धिक राष्ट्रीय सभा जस्ता विषयको प्रभावकारिताले मात्र राज्यमा आधुनिकता साथ संमृद्धता प्रदानगर्न सक्दछ, विश्वास भएकोले नै हामीहरु सवैजना त्यस विचारभित्र गोलवन्द भएका छौ । त्यसो हुनुको पक्ष नेपाललाई संमृद्ध वनाउन वर्तमान नेपालमा देखिएको शोषित पिडित भएर वच्न वाध्य भएका गरिव नेपाली जनताहरु विचको भेदभाव अन्त्य हुन्छ भन्ने हो । निति नेतृत्व र नियमको परिवर्तन विहिन अवस्थामा भने त्यस्तो सफलता प्राप्तगर्न सकिदैन ।
वाकि रह्यो मधेस मुद्दा । हमीहरु विश्वस्त छौ मधेसमा जुन मुद्दा देखिएको छ नेपाली जनताहरुले उचालेको भन्नु गलत हुन्छ । देशमा देखिएका जातिय र क्षेत्रिय मुद्दाहरु त्यतिकै देखिएकाछन त्यो भन्नु पनि गलत छ । राज्यमा अनेक मुद्दा देखिनु सरकारको रवैया गलत छ । संविधान विभेदितहुनु जनताहरुले शुरक्षा महसुस गरेका छैनन । न्याय अवस्था पक्षपाती हुनु मानिसहरु आन्दोलित छन । आन्देलनले भावनालाई बहकाई दिन्छ । मुख्य कुरा जसले मधेस भनेर भनिरहेको छ उसलाई पनि थाहा छैन मधेस भन्ने राज्य कहापर्छ । झापा देखि पर्सा हुदै कञ्चनपुर सम्मको समथर जमिन जुन तराई क्षेत्रहो नेपालको भुभाग कसैलाई भनिरहनु पर्ने कुरै भएन । अर्को अर्थ हो मध्य देश मधेश । मधेस भन्नुको अर्थ मध्यदेश भन्ने हुदा नेपालमा वसेर मधेस माग्ने अवान्छित तत्वहरु वजारी नागरिकताका उपज हुन्छन । समाधानको उपाया असंवैधानिक नागरिकताको खारेजि हुनुपर्दछ । पटना पारिको मुद्दा सप्तरि र जनकपुरमा वसेर उठाउनुले भारतिहरु पनि चलाख हुन्छन । जव भारतले आफ्नो भुमिमाथि उठेको मुद्दा भनेर वुझ्दछ मधेस मुद्दा सदाको लागि समाप्ती हुन्छ ।
आन्देलनले भावनालाई बहकाई दिन्छ । मुख्य कुरा जसले मधेस भनेर भनिरहेको छ उसलाई पनि थाहा छैन मधेस भन्ने राज्य कहापर्छ ।
समसामयिक विषयमा हेर्दा लाग्दछ अहिलेको नेपाललाई अपराधिहरुको नृत्यथलो भन्दा कुनै फरक पर्दैन । कारण नेपालमा हत्या अपहरण र वलत्कारका घटनाहरु प्रत्येक दिन देखिई रहेका छन । रोजगारीको समस्या भयावह छ । राज्यमा उत्पादन नहुनु युवा वेरोगारहरु पलायन भएका छन । अनावस्यक करको भारले जनताहरु मर्माहत हुदा शासकहरु विदेश भ्रमणमा जानु जनताको भावनालाई तिरस्कार गरिएको हुन्छ । अर्थात नेपालमा भएका वर्तमान शासकलाई सत्ताच्युत गर्न सकिएन भने देश रहन मुस्किल छ । हामीहरु संवैधानिक प्रजातन्त्र र हिन्ुदराज्य स्थापनाको पक्षमा छौ । आफ्नो अधिकार शुरक्षित गर्न हुने अभियानमा सवै नेपली जनताहरुको साथ रहनेकुरा विस्वास गर्दछु । सवै नेपाली जनता प्रति हाम्रो प्रगाढ माया रहेको छ । लेखक- नेपाल समाजवादी काँग्रेसका सचिव हुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया