कार्तिक २२, २०८३ आइतबार November 8, 2026

लोक सेवा आयोगको परीक्षा : चार नक्कली परीक्षार्थी पक्राउ

प्रहरीले नियन्त्रणमा लिइएका चारै जनाको लिखत तथा किर्ते कसुरमा अनुसन्धान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, ५ भदौः लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार÷इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली परीक्षा दिने २५ वर्षीय श्यामशङ्कर सिंह र २० वर्षीय भरत तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिंह कुशे गाउँपालिका–७ समकोट जाजरकोट निवासी हुन् । उनले छेडागाड नगरपालिका १२ जाजरकोटकै धर्मराज चनराको सट्टामा परीक्षा दिएका थिए । तिरुवा भगवतीमाई गाउँपालिका–७ दैलखका हुन् । उहाँले सोही गाउँपालिका–५ का सुशील शाहीको सट्टामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिइ गएको प्रहरी टोलीले चार जनालाई नै नियन्त्रण थिएको थियो । आज प्रेस नोट जारी गर्दै सुर्खेत प्रहरीले नियन्त्रणमा लिइएका चारै जनाको लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया