मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

वडाहरुले खेलाडी उत्पादन गर्ने फुटवल प्रशिक्षण कार्यक्रम

वडाकै ३ वटा खेल मैदानमा ६० भन्दा वडी नयाँ फुटवल खेलाडीले प्रशिक्षण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, ७ भदाैं । थरीशनिश्चरे नगरका २ वटा वडाहरुले ग्रासरुटवाट फुटवल खेलाडी उत्पादन गर्ने उद्धेश्य राखेर फुटवल प्रशिक्षण कार्यक्रम ल्याएका छन् ।

पथरीशनिश्चरे वडाको २ नम्वर र ८ नम्वर वडाले फुटवल खेलाडी उत्पादन गर्न ग्रासरुट फुटवल प्रशिक्षण कार्यक्रम सुरु गरेका हुन् ।

वडा नम्वर २ ले ए डिभिजन र वि डिभिजन लिगमा उत्कृष्ट प्रर्दशन गरेका फुटवलरलाई प्रशिक्षकको जिम्वेवारी दिएको छ । चर्च व्याइज युनाइटेडलाई लिग उपाधी दिलाउदाका मुख्य खेलाडी सन्तोष न्यौपाने र वि डिभिजनको आरसिटीवाट खेलेका अनिल चुडाल र लाल वहादुर लावतीलाई प्रशिक्षकको जिम्मेवारी दिएको वडा अध्यक्ष नैना राईले जानकारी दिए ।

वडाकै ३ वटा खेल मैदानमा ६० भन्दा वडी नयाँ फुटवल खेलाडीले प्रशिक्षण गर्ने छन् । पन्चायत मावीको खेल मैदान, वन सिमाको गोल चौरी र बासघरे चौरीमा प्रशिक्षण सुरु गरिएको हो । फुटवल क्षेत्रवाट पनि राष्ट्रलाई योगदान दिन खेलाडी उत्पादनको कार्यक्रम ल्याइएको हो ।

त्यस्तै वडा नम्वर ८ ले समेत खेलाडी उत्पादनका लागी फुटवल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पथरी शनिश्चरे ८ मा भर्खरै निर्माण सम्पन्न बुद्घ मावीको (प्रस्तावित नगर रंगशाला) मा फुटवल खेलाडीले प्रशिक्षण गर्ने भएका छन । वडा नं. ८ ले पनि वजेट विनियोजन गरेर फुटवल प्रशिक्षण सुरु गरिएको छ । पहिलो चरणमा वडाको एक स्थानमा फुटवल ग्राउण्ड भएकाले धेरै खेलाडीलाई समेटने प्रयास गरिएको वडा अध्यक्ष नविन कार्कीले जानकारी दिए ।

पथरी शनिश्चरे नगरमा मात्रै आधा दर्जन खेलाडी वि डिभिजन लिगमा सहभागी भएका छन् । १४ वर्ष देखी १८ वर्षका खेलाडीले दुवै वडाले सु्रु गरेको फुटवल प्रशिक्षणमा सहभागी भएका छन् ।

यसरी स्थानिय सरकारले नै खेलाडी उत्पादनका लागी कार्यक्रम ल्याउनु सकारात्मक भएको फुटवल खेलाडीहरु वताउछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार