मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित

बंगलादेशलाई जित दिलाउन थुइनुई मर्मा, सौरभी अकान्डा प्रिती र रेयाले समान एक/एक गोल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । आइतबार बेलुकी सम्पन्न खेलमा बंगलादेशसँग ३-० गोलले पराजित हुँदै नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको हो ।

भुटानको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशलाई जित दिलाउन थुइनुई मर्मा, सौरभी अकान्डा प्रिती र रेयाले समान एक/एक गोल गरे । खेलको ४१ औँ मिनेटमा मर्माले गोल गर्दै बंगलादेशलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । तीन मिनेटपछि सौरभीले गोल गर्दै बंगलादेशलाई पहिलो हफामा २-० गोलको अग्रता दिलाइन् ।

यस्तै दोस्रो हाफको इन्जुरी समयमा रेयाले गोल गर्दै बंगालदेशलाई ३-० गोलको सहज जित दिलाएकी हुन् । जितसँगै बंगलादेशले तीन खेलबाट ६ अंक जोड्दा नेपालले समान खेलबाट तीन अंक बटुलेको छ । यता नेपालको भने यो दोस्रो हार हो ।

यसअघि पहिलो खेलमा नेपाल भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलले हराएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार