मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दोश्रो टी–२० अभ्यास खेलमा नेपाल विजयी, एसीटीलाई ६ विकेटले पराजित

दीपेन्द्रसिंह ऐरीको दमदार प्रदर्शन, बल र ब्याट दुबैमा चम्किँदै नेपाललाई जित दिलाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ । दोश्रो टी–२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई छ विकेटले हराएको छ । एसीटीले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर दुई बलमा भेटायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाए । एसीटीका इ रहेमानले दुई तथा एल इभान्स र डी दुबेले समान एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको एसीटीले १७ ओभर दुई बलमा सबै विकेट गुमाएर ९६ रन मात्र बनायो । एन ब्रोसले सबैभन्दा धेरै १६ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र शहाब अलामले समान चार विकेट लिए । यस्तै गुलशनकुमार झा र रोहित पौडेलले समान एक विकेट लिए ।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो । टप इन्ड टी–२० शृङ्खलापछि नेपालले थप पाँच वटा अभ्यास खेल्न लागेको हो । टप इन्ड टी–२० शृङ्खलामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले अस्ट्रेलिया भ्रमण गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार