कार्तिक २२, २०८३ आइतबार November 8, 2026

महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा तालाबन्दी

रामअषिश यादव र परीक्षा शाखाका प्रमुख चन्देश्वर यादवको स्वार्थ पूरा नहुँदा प्रयोगात्मक परीक्षाको अङ्क समावेश नगराएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको शिक्षा शास्त्र सङ्काय र परीक्षा शाखामा शुक्रवार तालाबन्दी गरेका छन् । गत बिहीबार बीएड चौथो वर्षको नतिजामा सबै विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुपस्थित देखाएपछि उनीहरु आक्रोशित भएर तालाबन्दी गरेका हुन् ।

शिक्षा शास्त्र सङ्कायका प्रमुख रामअषिश यादव र परीक्षा शाखाका प्रमुख चन्देश्वर यादवको स्वार्थ पूरा नहुँदा प्रयोगात्मक परीक्षाको अङ्क समावेश नगराएको स्वतन्त्र विद्यार्थी युनियन राजविराज क्याम्पसका सभापति रञ्जितकुमार यादवको आरोप छ ।

सभापति यादवका अनुसार बाध्य भएर दुवै शाखामा तालाबन्दी गर्नुपरेको बताउँदै नतिजामा अङ्क समावेश नगराएसम्म तालाबन्दी जारी राख्ने बताएको छ । तालाबन्दीले परीक्षा शाखाका कर्मचारी भित्रै थुनिएका छन् भने विद्यार्थी शाखा अगाडि धर्ना बसिरहेका छन् ।

क्याम्पस प्रमुख सुशीलचन्द्र कर्णले प्रयोगात्मक परीक्षाको अङ्क समावेश गराउनका लागि समन्वयन भइरहेको बताउनुभयो । बीएड चौथो वर्षमा एक सय ३० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया