काठमाडौं : नेपाल ‘ए’ले आसाममाथि दोस्रो जित निकालेको छ। भारतको गुहाटीमा जारी आसामसँगको पाँच खेल सम्मिलित टी–२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले ९ रनले जितेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो।
नेपाल ‘ए’का लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए। यस्तै आदिल आलमले ३५, तृत दासले ३३ र अनिल साहले ३१ रन बनाए।
आसामका आकाश सेनगुप्ताले २ विकेट लिए भने मृन्मय दत्ता, अभिनव चौधरी र शिवशंकर रोयले १–१ विकेट लिए।
नेपाल ‘ए’ले दिएको १९७ रनको लक्ष्य पन्छाएको आसाम २० ओभरमा १८७ रन बनाएर अलआउट भयो।
आसामका लागि निहार डेकाले सर्वाधिक ४० रन बनाए। यस्तै सुमित घडिअन्करले ३६, अब्दुल कुरेशीले अविजित ३१ र साहिल जेनले २४ रन बनाए।
नेपालका आकाश चन्द, बसिर अहमद, कमलसिंह ऐरी र विवेक कुमार यादवले २–२ विकेट लिए भने मोहमद आदिल आलमले १ विकेट लिए।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आसामसँग डीएल पद्धतिमा १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया