काठमाण्डौंः प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गर्ने ‘विप्लव’ पार्टी सम्बद्ध आठ जनाको नाम सिन्धुली प्रहरीले आज सार्वजनिक गरेको छ।
प्रहरीले ३० वर्षीय लोकबहादुर तामाङ ‘रञ्जन’, ४९ वर्षीय रुद्रबहादुर राउत, १९ वर्षीय सुशान्त राई ‘सुन्दर’, १९ वर्षीय विवेक थापा ‘डिक्पाल’ र २५ वर्षीय दलबहादुर खत्री ‘कल्याण’ लाई सोमबार राति सार्वजनिक गरेको हो।
उनीहरूसँगै पक्राउ गरेका २१ वर्षीय धनबहादुर श्रेष्ठ ‘परिवर्तन’, २४ वर्षीय पूर्ण शेर्पा ‘चट्टान’ र २० वर्षीया प्रतिमा परियार ‘शीखा’ लाई पनि प्रहरीले सार्वजनिक गरेको छ।
शीखाबाट पनि प्रहरीले बम बनाउने प्रयोग गरिने मेटल सकेट दुई थान, सुतली बम एक थान, झोला एक थान र मोबाइल एक थान बरामद गरेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया